काठमाडौंमा आजदेखि रात्रिकालीन बस चल्दै, राति ८ बजेदेखि यी दुई रुटमा गुड्नेछन साझाका गाडी

काठमाडौंमा आजदेखि रात्रिकालीन बस चल्दै, राति ८ बजेदेखि यी दुई रुटमा गुड्नेछन साझाका गाडी

काठमाडौं : साझा यातायातले काठमाडौं उपत्यकामा  आज (१ वैशाख) देखि रात्रिकालीन बससेवा सञ्चालन गर्ने भएको छ।

काठमाडौं, ललितपुर महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, चन्द्रगिरी नगरपालिको सहयोगमा बससेवा सञ्चालन हुन लागेको हो। बससेवा बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।

बस ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ।

यस्तै, थानकोटबाट सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म एउटा रुटको रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछ।

फर्किने बस विमानस्थलबाट तीनकुने, मीनभवन, बबरमहल, थापाथली हुँदै पुनः थानकोट पुग्नेछा नयाँ सडक क्षेत्रलाई मुख्य ट्रान्जिट बिन्दु बनाइनेछ, जहाँबाट यात्रुहरूले रुट परिवर्तन गर्न सक्नेछन्।

रात्रिकालीन सेवा सञ्चालनका लागि यात्रु सुरक्षालाई ध्यानमा राख्दै प्रत्येक बसमा चारवटा सीसीटिभी क्यामेरा जडान गरिएको छ भने काठमाडौं महानगरपालिकाले प्रत्येक बसमा एकजना नगर प्रहरी खटाउनेछ।

रात्रिकालीन बस सेवाले विशेषगरी श्रमिक, महिला तथा बेलुका काम गर्ने वर्गलाई सुरक्षित र सहज आवागमनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

वैशाख १, २०८३ मंगलबार १७:३२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।