नयाँ वर्षमा रविको शुभकामना- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस्
काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना दिएका छन्।
सामाजिक सञ्जालमार्फत् उनले नयाँ वर्ष खील निकाल्ने वर्ष भएकाले मज्जाले दुख्ने बताएका छन्।
साथै उनले दुखाइ सहन सक्ने शक्ति मिलोस् भनी कामनासमेत गरेका छन्।
‘खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस्। हाम्रो तर्फबाट धेरै शुभकामना’, उनले लेखेका छन्।
वैशाख १, २०८३ मंगलबार ०९:०३:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।