दुई संयुक्त समितिमा राष्ट्रियसभाबाट ६ सदस्य मनोनयन

दुई संयुक्त समितिमा राष्ट्रियसभाबाट ६ सदस्य मनोनयन

काठमाडौं : सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा राष्ट्रियसभा तर्फबाट सदस्यहरूको मनोनयन गरिएको छ।

सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावलीअनुसार उक्त समितिमा रहने सदस्यको मनोनयन गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार संसदीय सुनवाइ समितिमा आनन्दप्रसाद ढुङ्गाना, नरबहादुर विष्ट र प्रेमप्रसाद दङ्गाल रहेका छन्। यस्तै, अनुगमन तथा मूल्याङ्कन समितिमा किरणबाबु श्रेष्ठ, मदन कुमारी शाह (गरिमा) र डा अञ्जान शाक्य रहेका छन्।

यी दुवै समितिमा प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सदस्यहरू मनोनयन हुने प्रावधान छ।

चैत ३०, २०८२ सोमबार २१:५४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।