'कमेडी दरबार सिजन ३' को मुख्य प्रायोजकमा डाबर रेड टूथपेस्ट

'कमेडी दरबार सिजन ३' को मुख्य प्रायोजकमा डाबर रेड टूथपेस्ट

काठमाडौं : डाबर नेपालको प्रमुख ब्रान्ड 'डाबर रेड टूथपेस्ट' हास्य कार्यक्रम 'कमेडी दरबार सिजन ३' को मुख्य प्रायोजक बनेको छ। 

कम्पनीले यस सिजनका लागि शीर्ष प्रायोजन गर्ने औपचारिक घोषणा गरेको हो। कार्यक्रममा डाबरको नयाँ पेय ब्रान्ड 'हाजमोला जिरा'ले समेत सहयोग गरेको छ।

'कमेडी दरबार सिजन ३' आगामी वैशाख ४ गतेदेखि हरेक शुक्रबार राति ९ बजे प्राइम टेलिभिजनमा प्रसारण हुनेछ। यस पटक कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल 'महाराजा', वरिष्ठ अभिनेत्री गौरी मल्ल 'महारानी' र दिया मास्के 'रानी'को भूमिकामा देखिनेछन्।

नयाँ सेट र उत्कृष्ट प्रस्तुतिसहित आउन लागेको यस सिजनले दर्शकलाई भरपुर मनोरञ्जन दिने अपेक्षा गरिएको छ। यस साझेदारीमार्फत उपभोक्ता र दर्शकहरूसँग थप गहिरो सम्बन्ध स्थापित गर्ने डाबर नेपालको लक्ष्य रहेको छ।

चैत ३०, २०८२ सोमबार १९:१२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।