सिंगल चार्जमा ५५० किलोमिटर रेन्ज दिने एलईभी एक्स अब नेपाली बजारमा उपलब्ध
काठमाडौं : नेपालका लागि एलएस अटोको आधिकारिक वितरक ब्लु कर्पोरेसनले नयाँ विद्युतीय एसयूभी ‘एलईभी एक्स’ नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले नयाँ मोडल सार्वजनिक गरेसँगै काठमाडौंको ज्ञानेश्वरमा नयाँ शोरुमसमेत सञ्चालनमा ल्याएको छ।
अटोमोबाइल इन्जिनियरिङमा २५ वर्षको अनुभव बोकेको ‘सांघाई लन्च अटोमोटिभ टेक्नोलोजी’द्वारा उत्पादित गाडी फोर ह्वील ड्राइभ प्रणालीमा आधारित छ। एलईभी एक्समा ७७ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ, जसले सिंगल चार्जमा ५५० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।
१९८ किलोवाटको मोटर जडान गरिएको यस गाडीमा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा आधारित लिथियम आयन फस्फेट ब्याट्री प्रयोग गरिएको छ। यसको ग्राउन्ड क्लियरेन्स २२१ एमएम रहेको छ।
युरो एनक्यापबाट ५-स्टार सुरक्षा रेटिङ प्राप्त यस गाडीमा १० वटा एयरब्याग, एबीएस, ईबीडी, हिल असिस्ट र क्रूज कन्ट्रोल जस्ता विशेषता छन्। आधुनिक सुविधाका रूपमा ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ, प्यानोरामिक मुनरूफ र इलेक्ट्रिक टेलगेट उपलब्ध छन्।
नेपाली बजारमा एलईभी-०१ को मूल्य ५९ लाख ९५ हजार र ६४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ भने नयाँ मोडल एलईभी एक्सको मूल्य ८४ लाख ९५ हजार रुपैयाँ रहेको छ। कम्पनीले मोटर र ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरेको छ।
कालोपुलमा आफ्नै सर्भिस सेन्टर सञ्चालन गरिरहेको कम्पनीले देशभर चार्जिङ स्टेसन विस्तार गर्ने लक्ष्य राखेको छ। नयाँ शोरुम उद्घाटन र नयाँ वर्षको अवसरमा ब्लु कर्पोरेसनले विशेष एक्सचेन्ज क्याम्प र अफरहरू सार्वजनिक गरेको छ।
कम्पनीका महाप्रबन्धक नबिन फुयालका अनुसार शोरुममा आएर टेस्ट-ड्राइभ गर्ने ग्राहकलाई आकर्षक गिफ्ट ह्याम्पर र गाडी बुकिङ गरी डेलिभरी लिने ग्राहकलाई चीन भ्रमण गराइनेछ।
चैत ३०, २०८२ सोमबार १७:२८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।