उपत्यकामा २४ घण्टामा १ हजार ७ सय १९ चालक ट्राफिक कारबाहीमा
काठमाडौं : गएको २४ घण्टामा काठमाडौं उपत्यकामा सवारी नियम उल्लंघन गर्ने १ हजार ७ सय १९ जना चालक ट्राफिक कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय १३ जना, यान्त्रिक अवस्था ठीक नभएका ३५ जना, सिग्नल बत्ती उल्लंघन गर्ने १ सय २ जना र तीव्र गतिमा सवारी चलाउने ९३ जना चालकलाई कारबाही गरिएको हो।
त्यसैगरी लेन अनुशासन पालना नगर्ने १ सय ७९ जना, सार्वजनिक सवारी साधन असुरक्षित रूपमा सञ्चालन गर्ने ३८ जना, अनावश्यक रूपमा हर्न बजाउने ४६ जना तथा निर्धारित स्थानमा यात्रु चढाउने/ओराल्ने नियम उल्लंघन गर्ने २० जना चालक पनि कारबाहीमा परेका छन्।
अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९३ जना समेत कारबाहीमा परेका छन्। कारबाहीबाट कुल ११ लाख ८४ हजार ५०० रुपैयाँ राजस्व संकलन गरी राज्यकोषमा दाखिला गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
चैत २८, २०८२ शनिबार १०:०२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।