नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं : नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वयलाई शपथ ग्रहण गराएका हुन्।
गौरीकुमारी यादव महोत्तरी-४ बाट निर्वाचित हुन् भने रामजी यादव सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'ले शुक्रबार उनीहरूलाई मन्त्री पदमा नियुक्त गर्ने निर्णय गरेका थिए।
चैत २७, २०८२ शुक्रबार २१:३३:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।