उपसभामुख ठाकुरले लिइन् शपथ

उपसभामुख ठाकुरले लिइन् शपथ

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित उपसभामुख रुवीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छन्।

राष्ट्रपति भवनमा शुक्रबार साँझ आयोजित विशेष समारोहमा उपसभामुख ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी हुन्।

त्यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन', राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुखको उपस्थिति थियो।  

चैत २७, २०८२ शुक्रबार २१:२७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।