कलाकार लम्साल हाजिरी जमानीमा रिहा
काठमाडौं : कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार उनलाई परिवारको जिम्मा लगाएर छाडेको हो।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार लम्साललाई आवश्यक परेका बेला उपस्थित हुने गरी परिवारको जिम्मा लगाइएको छ। उनलाई ‘अभद्र व्यवहार’को कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको थियो।
अमेरिकामा रहेकी नेपाली युवतीले लम्सालमाथि बलात्कारको आरोप लगाउँदै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि प्रहरीले उनलाई गत शनिबार बुढानीलकण्ठबाट नियन्त्रणमा लिएको थियो।
नेपालमा बलात्कारको उजुरी दर्ता नभए पनि गम्भीर आरोप लागेका कारण प्रहरीले उनलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी हिरासतमा राखेको थियो। लम्साललाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप भएको थियो।
चैत २७, २०८२ शुक्रबार २१:१३:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।