ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक पक्राउ
काठमाडौं : केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक महेन्द्र केसीलाई शुक्रबार पक्राउ गरेको छ। ब्यूरोको टोलीले उनलाई सामाखुसीबाट पक्राउ गरेको हो।
सर्वोच्च अदालतले २०८२ वैशाख २ गते उनीविरुद्ध २५ हजार जरिवाना र दुई वर्ष छ महिना कैद सजाय ठहर गरेको थियो। त्यसयता उनी फरार रहँदै आएका थिए।
ब्यूरोले आजै राजस्व चुहावट मुद्दामा उच्च अदालत पाटनबाट चार करोड ४४ लाख ८७ हजार ९५७ जरिवाना र एक वर्ष कैद सजाय ठहर भई फरार अङ्कुश सप्लायर्स एण्ड ट्रेडर्सका प्रोपाइटर ३१ वर्षीय प्रवीणकुमार महतोलाई कुलेश्वरबाट पक्राउ गरेको छ।
निजहरूलाई फैसला कार्यान्वयनका जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।
चैत २७, २०८२ शुक्रबार २०:५०:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।