गौशालाबाट लागुऔषध र ५७ हजार नगदसहित दुई पक्राउ

गौशालाबाट लागुऔषध र ५७ हजार नगदसहित दुई पक्राउ

काठमाडौं : प्रहरीले गौशालाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। 

प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले गौशालास्थित एक गेष्ट हाउसबाट ३० दशमलव ४२ ग्राम लागुऔषध खैरो हेरोइन र नगर ५७ हजारसहित निजहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले धनुषाको सबैला नगरपालिका-२ का २६ वर्षीय माधवकुमार साह र सिन्धुलीको दुधौली नगरपालिका-४ का ३२ वर्षीया मीनाकुमारी अधिकारीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको जानकारी दिए। 

चैत २७, २०८२ शुक्रबार १८:३२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।