उपसभामुख निर्वाचनमा एमाले तटस्थ बस्ने
काठमाडौं : प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनमा नेकपा एमालेले तटस्थ बस्ने भएको छ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद मोहम्मद इस्तियाक राईले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर र राप्रपाबाट सरस्वती लामा उम्मेदवार भए पनि एमालेले कसैलाई भोट नदिने बताए।
उनले भने, "अहिलेको गरिमामय सदनमा आपसी सहकार्य र एकरूपता हुन नसकेको कारणले उपसभामुखको निर्वाचनमा जानुपर्ने भएकाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) हाम्रो तर्फबाट तटस्थ बस्ने जानकारी गराउन चाहन्छु ।"
प्रतिनिधि सभामा एमालेका २५ सांसद छन्। उपसभामुखमा श्रम संस्कृति पार्टीका तर्फबाट रुवी कुमारी ठाकुर तथा राप्रपाबाट सरस्वती लामा उम्मेदवार रहेका छन्।
चैत २७, २०८२ शुक्रबार १७:५५:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।