भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’ हुने, नयाँ एफजेड-एस मोडल सार्वजनिक गरिँदै
काठमाडौं : यामाहा नेपालको आधिकारिक वितरक एम.ए.डब्लू. राइड्सले चैत २९ देखि वैशाख ५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’ आयोजना गर्ने भएको छ।
साताव्यापी रूपमा चल्ने यस मेलाको पहिलो दिन यामाहाको नयाँ मोडल ‘एफजेड-एस न्यू जेन’ सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
यस वर्षको ब्लु फेस्टमा ‘एक्सचेन्ज कार्निभल’लाई विशेष प्राथमिकता दिइएको छ।
५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागिता रहने यस मेलामा ग्राहकले आफ्नो पुरानो जुनसुकै ब्रान्डको मोटरसाइकलको ‘अन-द-स्पट’ मूल्याङ्कन गराई नयाँ यामाहा खरिद गर्न सक्नेछन्।
ग्राहकलाई सहज बनाउन बैंक तथा वित्तीय संस्था मार्फत ४० महिनासम्मको सस्तो ईएमआई र सरल फाइनान्सिङ सुविधा उपलब्ध गराइएको छ।
मेलामा मोटरसाइकल खरिद गर्नेहरूले ५ लाख रुपैयाँसम्मको क्यासब्याक अफरका साथै नयाँ वर्षको ‘ब्लु कोड’ अफरको लाभ समेत उठाउन पाउनेछन्।
एम.ए.डब्लू राइड्सका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालका अनुसार यो फेस्ट यामाहाको नयाँ प्रविधिलाई नेपाली ग्राहकहरूसम्म पुर्याउने एउटा उत्सव हो।
खरिद र एक्सचेन्जका साथै मेलामा स्टन्ट शो, सेलिब्रेटीसँगको भेटघाट, कस्प्ले प्रस्तुति र आकर्षक उपहारहरूको समेत व्यवस्था गरिएको छ।
चैत २७, २०८२ शुक्रबार १२:५६:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।