सस्तो मूल्यमा शाओमीको ‘रेडमी ए-सेभेन’ नेपाली बजारमा
काठमाडौं : विश्वव्यापी प्रविधि ब्रान्ड शाओमीले आफ्नो नयाँ इन्ट्री-लेभल स्मार्टफोन ‘रेडमी ए-सेभेन’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
उत्कृष्ट डिजाइन र उच्च कार्यक्षमताका साथ आएको यो फोन विशेष गरी बजेट प्रयोगकर्ताहरूलाई लक्षित गरी ल्याइएको हो।
यस फोनमा ६.८८ इन्चको ठूलो एलसीडी डिस्प्ले र १२० हर्जको रिफ्रेस रेट रहेको छ। आँखालाई सुरक्षित राख्न यसमा ‘डिसी डिमिङ’ प्रविधि प्रयोग गरिएको छ।
३ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध यो फोनमा र्यामलाई ६ जीबीसम्म बढाउन मिल्ने ‘मेमोरी एक्सटेन्सन’ सुविधा पनि रहेको छ।
फोटोग्राफीका लागि फोनमा १३ एमपीको मुख्य क्यामेरा र ८ एमपीको फ्रन्ट क्यामेरा जडान गरिएको छ।
५१ सय एमएएच क्षमताको शक्तिशाली ब्याट्री रहेको यस फोनले १५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्दछ। सुरक्षाका लागि यसमा साइड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक जस्ता सुविधाहरू छन्।
शाओमीले यस फोनमा दुई वर्षको वारेन्टी समेत प्रदान गरेको छ।
कालो, स्काई ब्लु र अर्चिड पर्पल रङहरूमा उपलब्ध रेडमी ए-सेभेनको मूल्य १५ हजार ९ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।
चैत २७, २०८२ शुक्रबार १२:५१:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।