एन आई सी एशिया बैंकद्वारा कैलालीको सहारा घरलाई सामग्री सहयोग
धनगढी : एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको बर्दगोरिया गाउँपालिकास्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग गरेको छ।
बैंकले सहारा घरमा आश्रित असहाय व्यक्तिहरूको बसाइ सहज र स्वस्थ होस् भन्ने उद्देश्यले डाइनिङ टेबल, बेन्च र स्वच्छ खानेपानीका लागि वाटर डिस्पेन्सर उपलब्ध गराएको हो।
बैंकका धनगढी सर्कल हेड दीपक विष्टले सहारा घरका अध्यक्ष बल बहादुर विष्टलाई एक कार्यक्रमका बीच ती सामग्रीहरू हस्तान्तरण गरे।
हाल उक्त सहारा घरमा असहाय, बालबालिका, महिला, शारीरिक रूपमा विशेष क्षमता भएका र ज्येष्ठ नागरिक गरी कुल ९७ जना आश्रित छन्।
बैंकले यसअघि पनि सातै प्रदेशका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र छात्रवृत्ति वितरण गर्नुका साथै पुस्तकालय भवन निर्माण जस्ता सामाजिक कार्यहरू गर्दै आएको जनाएको छ।
चैत २७, २०८२ शुक्रबार १२:४२:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।