भल्वो आइसरद्वारा एकै वर्षमा १ लाखभन्दा बढी सवारीसाधन बिक्री

भल्वो आइसरद्वारा एकै वर्षमा १ लाखभन्दा बढी सवारीसाधन बिक्री

एजेन्सी : भल्वो ग्रुप र आइसर मोटर्सको संयुक्त लगानी रहेको भीई कमर्सियल भेइकल्स लिमिटेड (भीईसीभी) ले भर्खरै सम्पन्न आर्थिक वर्ष २०२५/२६ मा १ लाखभन्दा बढी सवारीसाधन बिक्री गरेको छ।

कम्पनीका अनुसार यो हालसम्मकै उच्च वार्षिक बिक्री तथ्यांक हो।

भारतीय आर्थिक वर्षको अन्तिम महिना मार्चमा मात्रै कम्पनीले १० हजार ५७९ युनिट सवारीसाधन बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०.८ प्रतिशतले बढी हो।

कुल वार्षिक बिक्रीमा लाइट र मिडियम ड्युटी ट्रकको हिस्सा सबैभन्दा धेरै ४६.१ प्रतिशत (४७,७८९ युनिट) रहेको छ। त्यसैगरी, हेभी ड्युटी ट्रक २५.९ प्रतिशत (२६,८६७ युनिट) र बस १८.७ प्रतिशत (१९,३६३ युनिट) बिक्री भएका छन्।

सन् २००८ मा भल्वो ग्रुप र आइसर मोटर्सबीच साझेदारी भएपछि यी कमर्सियल सवारीसाधनहरूको उत्पादन र बिक्री हुँदै आएको छ। नेपालमा भने भल्वो आइसरका सवारीसाधनको आधिकारिक बिक्रीवितरण बतास एमएडब्लुले गर्दै आएको छ।

चैत २७, २०८२ शुक्रबार १०:४९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।