उपसभामुखको निर्वाचनबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

उपसभामुखको निर्वाचनबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुखको निर्वाचनका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ।

पार्टीले जारी गरेको आधिकारिक सूचनाअनुसार उक्त बैठक आगामी २०८२ चैत २७ गते बस्न लागेको हो। सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा तय गरिएको सो बैठक दिनको ठीक १ बजे बस्नेछ।

बैठकको मुख्य कार्यसूची संसद्को उपसभामुख पदको निर्वाचन सम्बन्धमा पार्टीको धारणा र रणनीति तय गर्नु रहेको छ।

उपसभामुखको निर्वाचनका अलावा बैठकमा अन्य समसामयिक तथा विविध विषयमा पनि छलफल हुने पार्टीले जनाएको छ। 

उपसभामुखको निर्वाचनमा रास्वपाले श्रम संस्कृति पार्टीकी रुबी कुमारीलाई रास्वपाले समर्थन गरिसकेको छ।

चैत २७, २०८२ शुक्रबार १०:१२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।