एनआईबीएल इक्विटी पार्टनर्सद्वारा गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी
काठमाडौं : एनआईबीएल इक्विटी पार्टनर्सले गोर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड रुपैयाँ इक्विटी लगानी गर्ने भएको छ। उक्त लगानीसम्बन्धी सम्झौता पत्रमा दुई कम्पनीबीच हस्ताक्षर भएको छ।
गोर्खाज हिमालयन हाइड्रोले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा ५.८७५ मेगावाट क्षमताको ‘माथिल्लो जुनबेसी खोला जलविद्युत आयोजना’ निर्माण गरिरहेको छ।
हालसम्म ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको यस आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) समेत गरिसकेको छ।
एनआईएमबी एस क्यापिटलद्वारा व्यवस्थित एनआईबीएल इक्विटी पार्टनर्सले यस लगानीबाट साना जलविद्युत र स्वच्छ ऊर्जाको क्षेत्रमा टेवा पुग्ने विश्वास लिएको छ।
आयोजनाबाट सन् २०२७ अगस्टदेखि व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।
चैत २७, २०८२ शुक्रबार ०९:५८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।