एनसेलको नयाँ वर्ष अफर: ६९९ रुपैयाँमै अनलिमिटेड इन्टरनेट र कल
काठमाडौं : नयाँ वर्ष २०८३ को अवसर पारेर एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि सस्तो र आकर्षक 'अनलिमिटेड कम्बो प्याक' सञ्चालनमा ल्याएको छ।
यसअघि १९९९ रुपैयाँ पर्ने प्याकको शुल्क ६५ प्रतिशतले घटाएर एनसेलले अब ६९९ रुपैयाँ (करसहित) मै यो सुविधा उपलब्ध गराएको हो।
२८ दिनको समयावधि रहेको यस प्याकअन्तर्गत ग्राहकले जुनसुकै नेटवर्कमा अनलिमिटेड कल, अनलिमिटेड डेटा र दैनिक १०० एसएमएसको सुविधा पाउनेछन्।
यसका साथै, प्याक खरिद गर्ने ग्राहकले हलिउड फिल्म, टिभी सो र डकुमेन्ट्रीहरू हेर्न मिल्ने 'लायन्स गेट प्ले' मा निःशुल्क पहुँचसमेत पाउने कम्पनीले जनाएको छ।
एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले बढ्दो डिजिटल कनेक्टिभिटीको मागलाई ध्यानमा राख्दै ग्राहकलाई सस्तो र उत्कृष्ट सेवा दिन यो प्याक ल्याइएको बताए।
ग्राहकले *123# डायल गरेर, एनसेल एपमार्फत वा नजिकैको एनसेल सेन्टरबाट यो प्याक सजिलै सुचारु गर्न सक्नेछन्।
चैत २७, २०८२ शुक्रबार ०९:०१:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।