राष्ट्रपति पौडेलले आज संसदमा सम्बोधन गर्दै

राष्ट्रपति पौडेलले आज संसदमा सम्बोधन गर्दै

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्ने भएका छन्।

नेपालको संविधानको धारा ९५ को व्यवस्थाबमोजिम राष्ट्रपति पौडेलले शुक्रबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्नेछन्।

प्रतिनिधि सभाको निर्वाचनपछि सङ्घीय संसद्को संयुक्त बैठक बस्न लागेको पहिलो पटक हो।

संविधानको धारा ९५ (२) ले राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था गरेको छ।

सङ्घीय संसद् सचिवालयले राष्ट्रपतिले सम्बोधन गर्ने बैठकको दिन पौने ३ बजेभित्र उपस्थित भइसक्न सदस्यहरूलाई सूचितसमेत गरिसकेको छ।

चैत २७, २०८२ शुक्रबार ०७:३४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।