केसिएमा प्रशिक्षणरत ११ क्रिकेट खेलाडीलाई हिमालयन ह्वाइटहाउसले दियो छात्रवृत्ति

केसिएमा प्रशिक्षणरत ११ क्रिकेट खेलाडीलाई हिमालयन ह्वाइटहाउसले दियो छात्रवृत्ति

काठमाडौं : हिमालयन ह्वाइटहाउस वर्ल्ड स्कुलले काठमाडौं क्रिकेट एकेडेमीमा क्रिकेटको प्रशिक्षण लिइरहेका विद्यार्थीहरूलाई छात्रवृत्ति दिएको छ। बिहीबार स्कुलका अध्यक्ष युवराज शर्मा एकेडेमीका अध्यक्ष मदन कार्कीबीच सहमति भएको हो।

सहमति अनुसार स्कुलले सो एकेडेमीमा प्रशिक्षण लिइरहेकामध्ये उत्कृष्ट ११ जना विद्यार्थीलाई कक्षा १० सम्मका लागि छात्रवृत्ति उपलब्ध गराउने उल्लेख छ। क्रिकेटको विकासका लागि प्रशिक्षणमा रहेका उत्कृष्ट विद्यार्थीमध्ये दुवै पक्षको सहकार्यमा छनौट गर्ने उल्लेख छ।

हस्ताक्षर कार्यक्रममा बोल्दै हिमालयन ह्वाटहाउसका अध्यक्ष शर्माले खेल क्षेत्रको विकासका लागि खेलाडीहरूको शैक्षिक पक्ष समेत महत्वपूर्ण रहेकाले आफूहरूले छात्रवृत्ति उपलब्ध गराउँदै आएको बताए। केसिएका अध्यक्ष कार्कीले आफ्नो एकेडेमीका विध्यार्थीहरुले पाएको अवसरका लागि धन्यवाद दिँदै खेल र शिक्षा सँगसँगै लैजानु खेलाडीको भविष्यका लागि महत्त्वपूर्ण रहेको बताए।

क्रिकेट प्रशिक्षक जगत टमटाले हिमालयन ह्वाइटहाउसले क्रिकेट क्षेत्रको विकासका लागि यस अगाडि पनि खेलाडीहरूलाई छात्रवृत्ति र अवसरहरू दिने गरेको भन्दै धन्यवाद दिएका थिए। बिहीबारै यो वर्षका लागि ११ विध्यार्थीहरु छानिएका थिए।

चैत २६, २०८२ बिहीबार २०:०४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।