सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका छन्।
सरकारको सिफारिसमा आगामी शुक्रबार (चैत २७ गते) राति १२ बजेदेखि लागू हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन्। नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
मन्त्रिपरिषद्को गत चैत २४ गते बसेको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। यही चैत १९ गतेदेखि दुवै सदनको अधिवेशन प्रारम्भ भएको थियो।
चैत २६, २०८२ बिहीबार १७:४९:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।