४८ अंकले बढ्याे नेप्से, ९ अर्ब ९१ करोडको काराेबार

४८ अंकले बढ्याे नेप्से, ९ अर्ब ९१ करोडको काराेबार

काठमाडौं : लगातार दोस्रो दिन बिहिबार पनि सेयर बजार बढेको छ। आज नेप्से ४८.७१ अंकले बढेर २८५१.२४ विन्दुमा कायम भएको छ।

बजार बढेसँगै कारोबार रकम पनि बढेको छ। आज ९ अर्ब ९१ करोड ९२ लाखको कारोबार भयो। अघिल्लो दिन ८ अर्ब ३१ करोड कारोबार भएको थियो।

२५१ कम्पनीको मूल्य बढ्दा १६ को घट्यो भने १ को स्थिर रह्यो। आज सबै उपसुचक बढेका छन्। अन्य समूह  सबैभन्दा धेरै ३.४३ प्रतिशत बढ्यो।

बैंकिङ १.२४, विकास बैंक ०.७८ फाइनान्स १.४७, होटल तथा पर्यटन २.३९, हाइड्रोपावर  २.७०, लगानी १.००, जीवन बीमा ०.९९ माइक्रोफाइनान्स १.२०, निर्जीवन बीमा १.००, उत्पादन तथा प्रशोधन २.५५  र व्यापार ०.६२  प्रतिशत बढे।

आज आठ कम्पनिमा सकारात्मक सर्किट लागेको छ। आत्मर्निभर लघुवित्त,  रिलायन्स स्पिनिङ मिल्स, भुजुङ  हाइड्रोपावर, रिजलाइन इनर्जी, सोलु हाइड्रोपावर र होटल फरेस्ट इन १० प्रतिशत बढे। हिमस्टार उर्जा कम्पनि भने ९.६४ प्रतिशत बढ्यो।

आज धेरै कारोबार भएका कम्पनीमा नेशनल हाइड्रोपावर, रिडी पावर, हिमालयन रिइन्स्योरेनस, एनआरएन इन्फ्रास्ट्रक्चर र एसवाई प्यानल छन्।

चैत २६, २०८२ बिहीबार १५:१६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।