'नयाँ वर्ष शुभएक्सचेन्ज' योजना, टाटा कारको खरिदमा आइपीएल हेर्न जाने मौका
काठमाडौं : टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०८३ को अवसरमा 'नयाँ वर्ष शुभएक्सचेन्ज' योजना ल्याएको छ।
पुरानो गाडी साटेर टाटाको नयाँ गाडी लिन खोज्ने ग्राहकलाई लक्षित गर्दै यो विशेष 'एक्सचेन्ज क्याम्प' आयोजना गरिएको हो। यो योजना चैत २७ देखि ३० गतेसम्म नेपालभरका टाटा मोटर्सका शोरुमहरूमा लागू हुनेछ।
यो क्याम्पमा टाटा कार खरिद गर्ने ग्राहकहरूमध्ये लक्की ड्र मार्फत छानिएका विजेताहरूले भारतमा प्रत्यक्ष रूपमा टाटा आइपीएल हेर्न जाने मौका पाउनेछन्। यसको साथै आकर्षक नगद छुट, उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर, लाइफटाइम डिसी फास्ट चार्जिङ तथा होम चार्जिङ इन्स्टलेसन जस्ता विशेष लाभहरू पाउने कम्पनीले जनाएको छ।
टाटा मोटर्सले नयाँ वर्षलाई अझ उत्साहपूर्ण बनाउन र ग्राहकहरूलाई आधुनिक, सुरक्षित तथा विश्वसनीय सवारी साधनको अनुभव प्रदान गर्न यो योजना ल्याएको हो। इच्छुक ग्राहकहरूले विस्तृत जानकारीका लागि नेपालभर रहेका टाटा मोटर्सको शोरुममा सम्पर्क गर्न सक्नेछन्।
चैत २६, २०८२ बिहीबार १४:५८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।