उपसभामुखमा श्रम संस्कृतिलाई रास्वपाको समर्थन
काठमाडौं : प्रतिनिधिसभाको उपभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ।
उनको समर्थकमा रास्वपाका अशोककुमार चौधरी रहने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए। सो पदका लागि बिहीबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ।
उपसभामुखका लागि श्रम संस्कृति पार्टीकी सांसद रूवीकुमारी ठाकुरले उम्मेदवार मनोनय दर्ता गराएकी छन्। उनलाई समर्थकमा रास्वपाका सांसद अशोक कुमार रहेका छन्।
चैत २६, २०८२ बिहीबार १४:५४:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।