रुपन्देहीको सीएमजी क्लब क्यासिनोबाट ६ नेपाली नागरिक पक्राउ

रुपन्देहीको सीएमजी क्लब क्यासिनोबाट ६ नेपाली नागरिक पक्राउ

बुटवल : रुपन्देही प्रहरीले तिलोत्तमा नगरपालिका-५ मणिग्रामस्थित सीएमजी क्लब क्यासिनोबाट ६ जनालाई नेपाली नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सर्लाही बरहथवा नगरपालिका-८ का ३१ वर्षीय मुकेश कुमार श्रेष्ठ, ललितपुरको गोदावरी नगरपालिका-१५ का ४१ वर्षीय अजय केसी, बुटवल उपमहानगरपालिका-१२ का ३५ वर्षीय गोबिन्द शर्मा, सोही पालिका वडा नम्बर ११ का ३६ वर्षीय चन्दप्रसाद श्रेष्ठ, सोही पालिका वडा नम्बर ९ का ३५ वर्षीय बासुदेव गौतम र ३५ वर्षीय कृष्ण गौतम रहेको प्रहरीले जनाएको छ।

रुपन्देहीस्थित विभिन्न क्यासिनोहरूमा चेकजाँचको क्रममा बुधवार राती उक्त क्यासिनोबाट ६ जना नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

उनका अनुसार, पक्राउ परेका मध्य मुकेश र अजय जुवा खेलाउने कार्यमा संग्लन थिए भने अन्य चार जना जुवा खेल्ने कार्यमा संग्लन थिए।

पक्राउ परेकाहरुका साथबाट २ लाख १७ हजार ३९० नेपाली रुपैयाँ, तीन हजार पाँच सय भारतीय रुपैयाँ, एक लाख २५ हजार क्यासिनो कोइन, ६ थान मोबाइल र ७ गड्डी तास बरामद भएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

चैत २६, २०८२ बिहीबार १४:०८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।