पूर्व गृहमन्त्री रमेश लेखक रिहा
काठमाडौं : पूर्व गृहमन्त्री रमेश लेखक रिहा भएका छन्।
हिरासतमा रहेका पूर्व गृहमन्त्री लेखक पक्राउ परेको १३ औँ दिन पछि आज रिहा भएका हुन्। पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो।
काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको बताए।
जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयका आधारमा नेपाल प्रहरीले लेखकलाई उनको निवास कटुञ्जेबाट यही चैत १४ गते नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप भई उनलाई हिरासतमा राखिएकामा सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमा पछिल्लो थपिएको म्याद अनुसन्धान पूरा गरी मुद्धा दर्ता गर्न वा रिहा गर्न आदेश भएको थियो।
चैत २६, २०८२ बिहीबार १२:२९:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।