तोलामा ४ हजार ३ सयले घट्यो सुन

तोलामा ४ हजार ३ सयले घट्यो सुन

काठमाडौं : नेपाली बजारमा आज बिहीबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ।

हिजो अर्थात् चैत २५ गते सुन प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट देखिएको छ। आज चाँदी प्रतितोला ४ हजार ८ सय ७५  रुपैयाँमा झरेको छ।

हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार २५ रुपैयाँ थियो। यसरी हेर्दा आज चाँदीको मूल्यमा प्रतितोला १५० रुपैयाँले कमी आएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्यमा ठुलो फेरबदल आएको व्यवसायीहरूले बताएका छन्।

चैत २६, २०८२ बिहीबार १०:५३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।