४३ सय रुपैयाँले घट्यो सुनको मूल्य

४३ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला चार हजार तीन सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार सात सय रुपैयाँ कायम भएको छ। यसअघि हिजो छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो। 

सुनसँगै चाँदीको मूल्यमा पनि घटेको छ। बुधबार प्रतितोला पाँच हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक सय ५० रुपैयाँले घटेर चार हजार आठ सय ७५ रुपैयाँ पुगेको छ।

चैत २६, २०८२ बिहीबार १०:५१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।