इजरायली हवाई आक्रमणमा लेबनानमा २५४ जनाको मृत्यु, ११ सय ६५ जना घाइते
एजेन्सी : लेबनानका विभिन्न क्षेत्रहरूमा हिजो भएको इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या २५४ पुगेको छ।
लेबनानको नागरिक रक्षा महानिर्देशनालयका अनुसार यस भीषण आक्रमणमा १,१६५ जना घाइते भएका छन्।
इजरायलले लेबनानको राजधानी बेरुतसहित देशका विभिन्न भागहरूलाई निशाना बनाएर हवाई हमला गरेको थियो।
महानिर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार उद्धार टोलीहरूले भग्नावशेषमा पुरिएका मानिसहरूको उद्धार गर्ने, घाइतेहरूलाई अस्पताल पुर्याउने र मृतकहरूको शव संकलन गर्ने कार्य गरिरहेका छन्।
अत्यन्तै खतरनाक र जटिल परिस्थितिका बाबजुद उद्धारकर्मीहरूले भग्नावशेषमुनि थुनिएका धेरै मानिसहरूलाई जीवितै उद्धार गर्न सफल भएको बताइएको छ।
विशेष टोलीहरूले अहिले पनि विभिन्न स्थानमा खोजी र उद्धार कार्यका साथै भग्नावशेष हटाउने काम जारी राखेका छन्। उद्धार कार्य अझै चलिरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले जनाएका छन्।
चैत २६, २०८२ बिहीबार १०:१५:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।