गलत नम्बरमा फोन गरेको विषयमा विवाद हुँदा पाटन दरबार स्क्वायरमामा दाजु-भाइमाथि छुरा प्रहार, उपचारको क्रममा मृत्यु
काठमाडौं : झुक्किएर गलत नम्बरमा फोन गएको विवादमा दाजु-भाइको ज्यान गएको छ। ललितपुरमा बिहीबार भएको घटनामा छुरा प्रहारबाट झापाका दाजु भाइको ज्यान गएको हो।
प्रहरीका अनुसार ललितपुरको पाटन दरबार स्क्वायरमा झापा घर भई ललितपुर बस्ने ३३ वर्षीय सुमित नेम्वाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्वाङको हत्या भएको हो।
यी दुवैलाई संजीव नेपालीले छुरा हानेको आरोप छ। प्रहरीका अनुसार सिर्जनले अर्को व्यक्ती ठानेर नम्डाबर यल गर्दा संजीव नेपालीको नम्बरमा फोन गएको थियो।
कलको विषयमा विवाद भएपछि भेटेर छलफल गर्ने भन्दै दाजुभाई पाटन दरबार स्क्वायरमा जम्मा भए।
भेटमा विवाद बढेपछि संजीवले छुरा निकालेर दाजुभाइलाई नै हानेका थिए। घाइते नेम्वाङ दाजुभाइलाई उपचारका लागि बिएन्डबी अस्पतालमा लगिएकोमा त्यहीँ उनीहरूको मृत्यु भएको थियो।
प्रहरीका अनुसार नेम्वाङका परिवार लन्डनमा रहेकाले उनीहरू पनि त्यतै जाने तयारीमा थिए। तर गलत नम्बर डायल हुँदा भएको विवादमा दुवैको ज्यान गयो।
चैत २६, २०८२ बिहीबार ०७:४०:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।