चैत २७ मा उपसभामुखको निर्वाचन हुने
काठमाडौं : प्रतिनिधि सभाको उपसभामुख पदका लागि आगामी चैत २७ गते निर्वाचन हुने भएको छ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनको मिति तय गरेको जानकारी दिएका हुन् ।
सभामुख अर्यालले आजै निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न संसद् सचिवालयलाई निर्देशन दिएका छन्।
यसअघि चैत २२ गते सभामुखको निर्वाचन भएको थियो।
संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने व्यवस्था छ।
सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति अर्याल निर्वाचित भइसकेका छन्।
सभामुख र उपसभामुखमा फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्ने प्रावधान छ। त्यसैले, अब हुने निर्वाचनमा रास्वपा बाहेक अन्य दलका सांसद उपसभामुखका लागि उम्मेदवार बन्नेछन्।
चैत २५, २०८२ बुधबार १६:०९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।