सेयर बजारमा हरियाली : नेप्से ४५ अंकले बढ्दा ८ अर्ब ३१ करोडको कारोबार

सेयर बजारमा हरियाली : नेप्से ४५ अंकले बढ्दा ८ अर्ब ३१ करोडको कारोबार

काठमाडौं : बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ। आज नेप्से ४५.१२ अंकले बढेर २८०२.५२ विन्दुमा कायम भएको छ।

बजार बढेसँगै कारोबार रकम पनि बढेको छ। आज ८ अर्ब ३१ करोड ८९ लाखको कारोबार भयो। अघिल्लो दिन ६ अर्ब ७३ करोडको कारोबार भएको थियो।

२५१ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने २ को स्थिर रह्यो।

आज सबै उपसुचक बढेका छन्। उत्पादन तथा प्रशोधन सबैभन्दा धेरै ३.८७   प्रतिशत बढ्यो।

बैंकिङ १.१५, विकास बैंक १.९८ फाइनान्स १.४५, होटल तथा पर्यटन २.५६, हाइड्रोपावर  २.६१, लगानी १.३५, जीवन बीमा १.३१, माइक्रोफाइनान्स १.२८, निर्जीवन बीमा १.०१ र व्यापार ०.६१ र अन्य समूह  ०.१५ प्रतिशत बढे।

आज सात कम्पनिमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रिटेक, सोलु हाइड्रोपावर र होटल फरेस्ट इन १० प्रतिशत बढे। सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी र सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक ९.९९ प्रतिशत बढे भने सान्भी इनर्जीको ९.२२ प्रतिशत बढ्यो।

आज धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल,  रिलायन्स स्पिनिङ मिल्स, सिभम सिमेन्ट छन्।

चैत २५, २०८२ बुधबार १५:१९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।