कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते

कञ्चनपुर : कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। घाइते पाँच जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।  

तीन जनाको टाउकोमा मध्यम र दुई जनालाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ। 

बुधबार दिउँसो १२ बजेतिर कैदीबन्दीबीच एकआपसमा झैझगडा हुँदा होहल्ला, गालीगलौज बढ्दै गएर झडपको स्थितिमा पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

झडपमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का २३ वर्षीय ओमप्रकाश घरेडी, शुक्लाफाँटा-११ का १९ वर्षीय भुवन नाथ, २६ वर्षीय भुवन ऐर, कञ्चनपुरकै भीमदत्त नगरपालिका-७ का २५ वर्षीय आयुष बम र बेलौरी नगरपालिका-८ का २६ वर्षीय राजु दमाई घाइेत भएको प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिए। 

कारागारमा झडप हुने वितिक्कै जिल्ला प्रहरी कार्यालयबाट १९ जनाको टोली खटिएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिएको जनाएको छ।

चैत २५, २०८२ बुधबार १४:४४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।