मकाउ पठाउने भन्दै ३ लाख ८३ हजार ठग्ने एक जना पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीमा पठाउने भन्दै तीन लाख बढी ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
मकाउ पठाउने भन्दै आकर्षक तलबको प्रलोभनमा पारेर ३ लाख ८३ हजार ठगी गर्ने ४५ वर्षीय राजेन्द्र खडकालाई प्रहरीले बुढानिलकण्ठबाट पक्राउ गरेको हो।
विदेश पठाउने भनेर सो बराबरको रकम लिई सम्पर्क विहीन भएको भन्दै पीडितले उजुरी दिएका थिए। सोहि उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।
हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ।
चैत २५, २०८२ बुधबार १४:३३:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।