लीलाकुमारी भण्डारीले त्यागिन् एमाले

लीलाकुमारी भण्डारीले त्यागिन् एमाले

काठमाडौं : राष्ट्रियसभा उपाध्यक्ष बनेकी एमालेकी लीलाकुमारी भण्डारीले पार्टी परित्याग गरेकी छन्।

निष्पक्षता र तटस्थता कायम राख्नुपर्ने संसदीय मर्यादाअुनसार पार्टीका सबै जिम्मेवारीबाट अलग भएको उनले बताएकी छन्।

उनी गत माघ २० मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी थिइन्। यस्तै, यही चैत २३ मा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी हुन्।

चैत २५, २०८२ बुधबार १३:३३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।