भिभोले ल्यायो जाइस क्यामेरासहितको ‘भी७०’ स्मार्टफोन, मूल्य कति?
काठमाडौं : भिभोले आफ्नो चर्चित भी-सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ‘भी७०’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
विशेषगरी फोटोग्राफी र प्रिमियम डिजाइनमा केन्द्रित यो फोनमा पहिलो पटक ५० मेगापिक्सेलको जाइस सुपर टेलिफोटो क्यामेरा प्रयोग गरिएको छ।
फोनमा ४के ६० एफपीएस भिडियो रेकर्डिङ र एआई स्टेज मोडको सुविधा छ, जसले १० देखि २० गुणासम्म जूम गर्दा पनि स्पष्ट दृश्य कैद गर्न मद्दत गर्छ।
यसमा १.५के अल्ट्रा क्लियर ओएलईडी डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट रहेको छ। ६५०० एमएएच्को शक्तिशाली ब्याट्री र ९० वाटको फ्ल्यासचार्ज प्रविधिले गर्दा यो फोन छिटो चार्ज हुने र लामो समयसम्म टिक्ने कम्पनीको दाबी छ।
डिजाइनतर्फ यसमा एयरोस्पेस-ग्रेडको एल्युमिनियम फ्रेम र धुलो तथा पानी प्रतिरोधी क्षमता छ। यो फोन ड्युन ग्रे र स्यान्डलवुड ब्राउन रंगमा उपलब्ध हुनेछ।
भी७० को १२ जीबी मूल्य र्याम र २४५ जीबी स्टोरेज भएको फोनको मूल्य ८३ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ भने १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भएको फोनको मूल्य ९४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।
नयाँ फोनको खरिदमा भिभोले विशेष अफरहरू पनि सार्वजनिक गरेको छ। पहिलो १२ सय ग्राहकले ‘भिभो बड्स एयर ३’ निःशुल्क पाउनेछन् भने पहिलो दुई हजार ग्राहकले ६ महिनासम्मका लागि स्क्रिन र वाटर ड्यामेज प्रोटेक्सन सुविधा पाउनेछन्।
साथै, ४ जना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप ईभी स्कुटर जित्ने मौका पाउनेछन्। ग्राहकले शून्य प्रतिशत ब्याजदरमा १२ महिनाको ईएमआई सुविधा पनि लिन सक्नेछन्।
चैत २५, २०८२ बुधबार १२:४८:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।