लागुऔषध र अवैध हतियार खोज्न तालिम प्राप्त कुकुरको प्रयोग

लागुऔषध र अवैध हतियार खोज्न तालिम प्राप्त कुकुरको प्रयोग

सुर्खेत : प्रहरीले लागुऔषध र अवैध हातहतियारको खोजीका लागि तालिम प्राप्त कुकुरको प्रयोग गरी खानतलासीलाई तीव्रता दिएको छ।

कर्णालीमा लागूऔषध र अवैध हतियारको खोजी गर्न सवारी चेकजाँचमा कडाइ गरेको जनाएको छ। मंगलबार प्रहरीले लुम्बिनीबाट भित्रिने सवारी साधनहरूमा चेकजाँच गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी मोहनजंग बुढथापाले बताए।

कर्णालीको प्रवेशद्वार भेरीगंगा नगरपालिकाका ५ स्थित बबई चेकप्वाईन्ट अगाडी इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट ट्राफिकसहित नौ जना प्रहरी र केनाइन शाखा कोहलपुर बाँकेबाट तालिम प्राप्त दुई कुकुरसहितको संयुक्त प्रहरी टोलीले चेकजाँच गरेको हो।

सीमा नाकाबाट भित्रिन सक्ने लागू औषध तथा अवैध हातहतियार ओसारपसार र विष्फोटक पदार्थ नियन्त्रणको लागी तालिम प्राप्त कुकुरको प्रयोगमार्फत चेकजाँच गरिएको उनले बताए।

चैत २४, २०८२ मंगलबार १९:२७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।