इरानलाई ट्रम्पको धम्की, 'आज राति एउटा सभ्यताको अन्त्य हुनेछ'

इरानलाई ट्रम्पको धम्की, 'आज राति एउटा सभ्यताको अन्त्य हुनेछ'

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै मंगलबार रातीसम्ममा त्यहाँको व्यवस्थाको अन्त्य हुन सक्ने दाबी गरेका छन्। 

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म 'ट्रुथ सोसल'मा ट्रम्पले लेखेका छन्, "आज राति एउटा पूरै सभ्यताको अन्त्य हुनेछ, जसलाई फेरि कहिल्यै पुनर्जीवित गर्न सकिने छैन। म यस्तो होस् भन्ने चाहन्न, तर सायद यही हुनेछ।"

ट्रम्पले मंगलबार राति संसार लामो र जटिल इतिहासको सबैभन्दा महत्त्वपूर्ण पलको साक्षी बन्ने समेत दाबी गरेका छन्। उनले ४७ वर्षको ज्यादति, भ्रष्टाचार र मृत्युको सिलसिला अन्ततः समाप्त हुने बताएका छन्। उनले लेखेका छन्, "इरानका महान जनतामाथि ईश्वरको कृपा रहोस्।"

ट्रम्पको भनाइ सार्वजनिक भइरहँदा अमेरिका र इजरायलले इरानको रणनीतिक रूपमा महत्त्वपूर्ण 'खर्ग टापु'मा हमला गरिएको छ। यता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकालाई 'लक्ष्मण रेखा' पार नगर्न चेतावनी दिएको छ।

चैत २४, २०८२ मंगलबार १९:०६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।