सञ्चारकर्मी जीपी तिमल्सिना प्रहरी नियन्त्रणमा

सञ्चारकर्मी जीपी तिमल्सिना प्रहरी नियन्त्रणमा

काठमाडौं : पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको उजुरीका आधारमा सञ्चारकर्मी जीपी तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरमा खड्गीले सोमबार दिएको जाहेरीका आधारमा उनलाई मंगलबार नियन्त्रणमा लिइएको हो।

खड्गीले तिमल्सिनामाथि अभद्र व्यवहार, धम्की तथा कुटपिटको प्रयास गरेको आरोप लगाउँदै उजुरी दर्ता गराएकी थिइन्।  परिसरका डीएसपी प्रकाश जबेगुले खड्गीको जाहेरीका आधारमा अभद्र व्यवहारको कसुरमा कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिए। उनका अनुसार तिमल्सिना मंगलबार दिउँसो आफैँ प्रहरी कार्यालयमा उपस्थित भएका थिए। 

उषा र जीपीबीच २०७९ सालमा सम्बन्धविच्छेद भएको थियो। सम्बन्धविच्छेद भए पनि अंशवण्डाको विषय टुङ्गो लाग्न सकेको छैन। खड्गीले सामाजिक सञ्जालमार्फत आफ्नो जीवन र सुरक्षामाथि खतरा रहेको लेखेकी थिइन्। उनले अंशवण्डाको विषयमा विवाद रहेको र आफ्नो व्यक्तिगत जीवनमा हस्तक्षेप भइरहेको उल्लेख गरेकी थिइन्।

चैत २४, २०८२ मंगलबार १८:२७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।