महोत्तरी मोटरसाईकल दुर्घटना : घाईते र मृतकको पहिचान खुल्यो

महोत्तरी मोटरसाईकल दुर्घटना : घाईते र मृतकको पहिचान खुल्यो

जनकपुर :  महोत्तरीको जलेश्वर सम्सी सडकखण्डमा भएको मोटरसाईकल दुर्घटनामा घाईते र मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ।

मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी गराए अनुसार उक्त दुर्घटनामा मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ६ का २० वर्षिय रवी दास, सोही स्थानका २० वर्षिय सुवास दास र उमेर नखुलेको महोत्तरीको एकडाडा गाउँपालिका वडा नं. ३ का अभिषेक मण्डल रहेका छन्।

त्यस्तै, घाईते हुनेहरुमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ६ धबौलीका १९ वर्षिय रोहित दास, सोही स्थानका १९ वर्षिय अभय कापर र एकडाडा गाउ पालिका गेना बथनाहाका २० वर्षिय अजय ठाकुर रहेका छन्। उनीहरुको जलेश्वर अस्पतालमा उपचार भइरहेको छ।

आज बिहान भएको उक्त दुर्घटना लगत्तै दुबै मोटरसाईकलमा आगो लागेको थियो। तीनै जना मृतक जलेको अवस्थामा बीच सडकमै फेला परेका थिए। घटना कसरी भयो भन्ने यकीन हुन सकेको छैन। मोटरसाईकल आगोले पूर्ण रुपमा क्षती भएका कारण मोटरसाईकलको नम्बर पनि खुल्न सकेको छैन।

चैत २४, २०८२ मंगलबार १५:५२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।