नेप्से २.६१ अंकले घट्दा कारोबार रकम ६ अर्ब ७३ करोडमा सीमित

नेप्से २.६१ अंकले घट्दा कारोबार रकम ६ अर्ब ७३ करोडमा सीमित

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ।

आज नेप्से २.६१ अंकले घटेर २७५७.४० विन्दुमा कायम भएको छ।

बजार घटेसँगै कारोबार रकम पनि घटेको छ। आज ६ अर्ब ७३ करोड ७१ लाखको कारोबार भयो। अघिल्लो दिन १० अर्ब ९२ करोडको कारोबार भएको थियो।

८२ कम्पनीको मूल्य बढ्दा १७५ को घट्यो भने १२ को स्थिर रह्यो।

आज बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर र अन्य समूह बाहेक सबै उपसुचक घटेका छन्।   

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०८ प्रतिशत बढ्यो।  बैंकिङ ०.०४, हाइड्रोपावर  ०.१५ र अन्य समूह ०.७१  प्रतिशत बढे।

विकास बैंक ०.६२, फाइनान्स ०.४१, लगानी ०.४६, जीवन बीमा ०.४५, उत्पादन तथा प्रशोधन ०.०५, माइक्रोफाइनान्स ०.१९, निर्जीवन बीमा ०.३३ र व्यापार १.८८ प्रतिशत घटे।

भुजुङ,  सुपरखुदी र स्विट गंगा हाइड्रोपावर  १० प्रतिशत बढे। रिजलाइन इनर्जी र सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक ९.९९ प्रतिशत र होटल फरेस्ट इन ९.९८ प्रतिशत बढे।

आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, एसवाई प्यानल र नेसनल हाइड्रोपावर छन्।

चैत २४, २०८२ मंगलबार १५:२८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।