राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त
काठमाडौं : सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ।
मंगलबार बसेको मन मन्त्रिपरिषद् बैठकले रिक्त रहेको राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा डोटीका भट्टलाई नियुक्त गरेको सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन्।
त्यसैगरी, नेपाल राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एक पदमा बैंककै कार्यकारी निर्देशक किरण पण्डितलाई बढुवा गर्ने निर्णय गरेको छ।
बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमण कुमार गौतमसहित सदस्यहरू ललिता कुमारी महर्जन र ध्रुव आचार्यले दिएको राजीनामा पनि स्वीकृत गरेको छ।
चैत २४, २०८२ मंगलबार १३:४२:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।