शेयर बजारमा पुनः फर्कियो रौनक, ८३ अंकले बढ्यो नेप्से
काठमाडौं : सोमबार सेयर बजारमा फेरी रौनक आएको छ। आज एकै दिन नेप्से ८३.३३ अंकले बढ्दा बजारमा रौनक देखिएको हो।
आइतबार १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा पुगेको नेप्से आज बढेर २७६० विन्दुमा कायम भएको छ।
बजार उच्च अंकले बढेपनि कारोबार रकम भने घटेको छ। आज १० अर्ब ९२ करोडको कारोबार भयो। अघिल्लो दिन १२ अर्ब ३८ करोडको कारोबार भएको थियो।
२६४ कम्पनीको मूल्य बढ्दा ३ को घट्यो भने एकको स्थिर रह्यो।
आज सबै उपसुचक बढेका छन्। हाइड्रोपावर समूह सबैभन्दा धेरै ४.५९ प्रतिशत बढ्यो।
बैंकिङ ३.१८, विकास बैंक ३.६३, फाइनान्स ४.०३, होटल तथा पर्यटन ३.२४, लगानी ३.३३, जीवन बीमा २.६६, उत्पादन तथा प्रशोधन १.५३, माइक्रोफाइनान्स २.४३, निर्जीवन बीमा २.९४ तथा व्यापार २.४० र अन्य समूह २.३६ प्रतिशत घटे।
८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सकारात्मक सर्किट लागेको छ। उपकार लघुवित्त, भुजुङ हाइड्रोपावर, रिडी पावर, नेसनल हाइड्रोपावर १० प्रतिशतले बढे भने सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इन ९.९९ प्रतिशतले बढे।
आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, अपी पावर र रिडी पावर छन् ।
चैत २३, २०८२ सोमबार १५:२५:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।