तोलामा २६ सयले घट्यो सुन
काठमाडौं : नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्याङ्कअनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको हो।
हिजो चैत २२ गते प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ हजार ६ सय रुपैयाँले सस्तिएको छ।
नयाँ मूल्यअनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि आज घटेको छ।
हिजो प्रतितोला ४ हजार ८ सय ३० रुपैयाँ रहेको चाँदी आज ५० रुपैयाँले घटेको छ। आज बजारमा चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा खरिद-बिक्री भइरहेको छ।
चैत २३, २०८२ सोमबार १०:५९:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।