टीसिएलको नयाँ वर्ष अफर : २ लाखसम्म क्यासब्याक र शून्य प्रतिशत ब्याजदरमा ईएमआई
काठमाडौं : नयाँ वर्ष २०८३ को अवसर पारेर प्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टीसिएलले नेपाली ग्राहकहरूका लागि ‘नयाँ वर्षको सुरुवात, टीसिएल खुशीको सौगात’ नामक आकर्षक छुट योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत ग्राहकले टीसिएलका होम अप्लायन्स र टेलिभिजन खरिद गर्दा २ लाख ८३ रुपैयाँ सम्मको भारी क्यासब्याक र हरेक खरिदमा पक्का उपहार प्राप्त गर्न सक्नेछन्।
योजनामा अधिकतम २ लाख ८३ रुपैयाँसम्मको छुटका साथै हरेक सामानको खरिदमा निश्चित उपहार, वासिङ मेसिनको खरिदमा ६ केजी ‘एरियल डिटर्जेन्ट’ र एयर कन्डिसनर (एसी) को खरिदमा निःशुल्क जडानको व्यवस्था गरिएको छ।
यसका अलावा नेपालकै सबैभन्दा ठूलो क्यूडी-मिनी एलईडी टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, एसी, साउन्ड सिस्टम लगायतका उपकरणहरू पनि यहाँ पाउन सकिन्छ।
ग्राहकलाई थप सहजता प्रदान गर्न कम्पनीले सिजी इलेक्स मार्फत शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा पनि ल्याएको छ। यसका लागि झन्झटिलो कागजी प्रक्रिया नभई नागरिकता भए पुग्ने सरल व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
सिजी इलेक्ट्रोनिक्स मार्फत नेपालभर बिक्री वितरण हुँदै आएको टीसिएल ग्लोबल टप-१ टिभी ब्रान्ड र ओलम्पिकको विश्वव्यापी साझेदार समेत हो। कम्पनीका अनुसार यो नयाँ वर्ष अफर सीमित अवधिका लागि मात्र देशभरका आधिकारिक शोरुम र डिलरहरूमा लागू हुनेछ।
चैत २३, २०८२ सोमबार १०:५१:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।