सामसङ ग्यालेक्सी ए५७ फाइभजी र ए३७ फाइभजी को प्रि-अर्डर सुरू

सामसङ ग्यालेक्सी ए५७ फाइभजी र ए३७ फाइभजी को प्रि-अर्डर सुरू

काठमाडौं : सामसङ नेपालले अत्याधुनिक ‘असम इन्टेलिजेन्स’ सुविधायुक्त नयाँ स्मार्टफोन- ‘ग्यालेक्सी ए५७ फाइभजी’ र ‘ग्यालेक्सी ए३७ फाइभजी’ को प्रि-अर्डर खुला गरेको छ।

स्लिम डिजाइन र उत्कृष्ट क्यामेरासहितका यी फोनहरू ग्राहकले अप्रिल ५ देखि १८ तारिखसम्म प्रि-अर्डर गर्न सक्नेछन्।

सामसङ नेपालका वरिष्ठ निर्देशक प्रणयरत्न स्थापितले नयाँ ए-सिरिजले दैनिक कामलाई सहज बनाउनुका साथै २४ महिनासम्मको 'ईएमआई' सुविधाले अत्याधुनिक प्रविधिलाई सबैको पहुँचमा पुर्याउने बताए।

फोनमा भ्वाइस रेकर्डिङलाई टेक्स्टमा बदल्ने ‘भ्वाइस ट्रान्सक्रिप्सन’, फोटो सम्पादनका लागि ‘अब्जेक्ट इरेजर’, ‘सर्कल टु सर्च’ र परिमार्जित ‘बिक्सबी’ जस्ता स्मार्ट एआई सुविधाहरू भएको फोनमा ‘नाइटोग्राफी’ सुविधासहितको ५० मेगापिक्सेलको मुख्य ट्रिपल क्यामेरा सेटअप छ।

दुई दिनसम्म टिक्ने ५ हजार एमएएच ब्याट्री र आकर्षक भिजुअलका लागि सुपर एमोलेड डिस्प्ले दिइएको फोनमा पानी र धुलोबाट बचाउने आईपी६८ रेटिङ छ भने कम्पनीले ६ वर्षसम्मको ओएस र सेक्युरिटी अपडेट दिने ग्यारेन्टी गरेको छ।

ग्यालेक्सी ए५७ फाइभजी १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको फोनको मूल्य ८९ हजार ९ सय ९९ रुपैयाँ तोकिँदा ८GB र्याम र २५६ जीबी स्टोरेज भएको फोन ८४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।

यसका साथै ग्यालेक्सी ए३७ फाइभजी​​​​​​​ १२GB र्याम र २५६GB स्टोरेज भएकोलाई ७९ हजार ९ सय ९९ रुपैयाँ,​​​​​​​ ८ जीबी र्याम र २५६ जीबी स्टोरेजलाई ७२ हजार ९ सय ९९ रुपैयाँ तथा ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको फोनलाई ६४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।

प्रि-अर्डर गर्ने ग्राहकले विशेष छुट पाउनेछन्। जसअन्तर्गत ए५७ फाइभजी (१२जीबी) को खरिदमा चार हजार रुपैयाँ र ए३७ फाइभजी को खरिदमा २५ सय रुपैयाँ बराबरको ‘मेमोरी अपग्रेड’ सुविधा निःशुल्क पाइनेछ।

साथै, ग्राहकलाई सहज होस् भनेर सामसङले नागरिकता मात्र पेस गरे पुग्ने सजिलो फाइनान्सिङ सुविधा ल्याएको छ।

यसअन्तर्गत ग्राहकले मासिक न्यूनतम १७ सय ६४ रुपैयाँ बुझाउने गरी २४ महिनासम्मको किस्ताबन्दीमा फोन खरिद गर्न सक्नेछन्।

सीमित अवधिका लागि खुला गरिएको प्रि-अर्डर सामसङको आधिकारिक वेबसाइटमार्फत गर्न सकिने कम्पनीले जनाएको छ।

चैत २३, २०८२ सोमबार १०:४४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।