वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ९० लाख ठगी गर्ने महिला पक्राउ
काठमाडौं : अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कास्की पोखरा महानगरपालिका-१६ बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका-६ घर भएकी ५० वर्षीया वन कुमारी गुरुङलाई बुधबार पक्राउ गरेको छ।
सामाजिक सञ्जाल फेसबुकमा फेक एकाउन्ट खोली आकर्षक तलब, सुविधामा जापान पठाई दिन्छु भनी ४ जना पीडितहरूलाई व्यक्तिगत कागजात समेत पठाउन लगाई विभिन्न बैंक खातामा पटक-पटक गरी ९० लाख रुपैयाँ जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको छ।
चैत २१, २०८२ शनिबार १०:१६:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।