कलाकार सागर लम्साल ‘बले’ पक्राउ
काठमाडौं : हाँस्य कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्। उनलाई बुढानीलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिएका छन्।
अमेरिकामा बस्ने एक युवतीले शुक्रबार ‘बले’माथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन्। सोही आरोपका आधारमा बलेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनले बताएका छन्।
यसअघि शुक्रबार चलचित्र ‘पाँच पाण्डव’को निर्माण कम्पनी कालीरानी फिल्म्स प्रालिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नैतिकताका आधारमा लम्साललाई फिल्मबाट हटाएको थियो। उनको ठाउँमा अर्को कलाकार अनुबन्ध गरी ती दृश्य पुनः छायांकन गरिने निर्माण पक्षले स्पष्ट पारेको छ।
यो पनि:
चैत २१, २०८२ शनिबार १०:१०:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।