वैदेशिक रोजगारीमा ठगी गर्नेहरूको सूची सार्वजनिक

वैदेशिक रोजगारीमा ठगी गर्नेहरूको सूची सार्वजनिक

काठमाडौं : वैदेशिक रोजगार विभागले नेपालीलाई विदेश पठाउँदा ठगी गरेको आरोप लागेकाहरूको विवरण सार्वजनिक गरेको छ। 

विभागले शुक्रबार एक सूचनामार्फत पछिल्लो एक महिनामा विभागको अनुसन्धान तथा मुद्दा शाखामा व्यक्तिगत रूपमा ठगी गरेका (वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दा)मा जाहेरी दर्ता भएकाहरूको नामावली सार्जजनिक गरेको हो।

सार्वजनिक सूचनामा ३५२ वटा जाहेरी परेका छन् भने त्यसमा ३५२ भन्दा बढीलाई प्रतिवादी बनाइएको छ। एउटै जाहेरीमा ८१० जनासम्म प्रतिवादी रहेका विभागले जनाएको छ। 

विभागले गत फागुन १७ गतेदेखि यही चैत १७ गतेसम्म व्यक्तिगत रूपमा जाहेरी परेका प्रतिवादीहरूको नाम सार्वजनिक गरेको हो।

चैत २०, २०८२ शुक्रबार २१:००:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।